पोर्चुगल नेपालीको लागी दुख र संघर्ष को अर्को नाम

पोर्चुगल युरोपीयन युनीयन मा को सेनजेन देस हरु को समुह मा रहेको हाल विस्व कै ७ औ सान्ती देस हो ।
भौगोलीक वनावट र हावा पानी कता कता नेपाल कै जस्तो भयको यो देस हो पोर्चुगल ।
नेपाल र पोर्चुगल को फरक भनेको पोर्चुग समुन्द्रीक किनाक मा छ यहा १२ महिना हिऊ पर्ने हिमाल छैन भने नेपाल मा हिमाल छन् तर समुन्द्र सतह देखी टाढा छ फरक यति नै छ ।नेपाल भन्दा धेरै सानो देस जनसंख्या पनि नेपाल को भन्दा आधा नै कम छ भने यहा भयको युवा पनि आकर्षक कमाई र अवसर को खोजी मा युरोप का अन्य देस तथा क्यानडा अस्ट्रेलीया रोजगारी को लागी जाने हुनाले यो देस मा यहा को युवा कमि छन् । यहा को सरकारी अफिस मा अहिले पनि पाका र ऊमेर पुगेको कर्मचारी वढि छन् । यो देस मा घट्दो जनसंख्या अनि युवा पलायन को साथ यहा श्रमीक कम भयको कारण यो देस ले आप्रवासी लाई यहा वस्न अनुमती अन्य देस भन्दा अति सहज तवर ले दिने भयको ले यहा आप्रवासी हरु दिन प्रतीदिन आऊने क्रम जारी छ ।

पोर्चुगल किन आकर्षण छ त नेपाली को
पोर्चुगल संसार मै यतीवेला आप्रवासी लाई कार्ड दिने र नेसनालीटी सजिलै दिने विस्व कै सजिलो देस हो यति वेला । यहा १८ वर्ष देखी को युवा देखी ५१ वर्ष
सम्म को प्रौढ सम्म काम गर्न आयको छन् । यहा आयर सामान्य तिन ओटा कागज वनायपछि यहा काम गर्न पाईन्छ र यहा काम गर्दै ट्याक्स तिर्दै गयो भने यहा १८ महिना देखी २२ महिना भित्र वस्न को लागी अस्थाई अनुमती भिसा टिआरसी पाईन्।छ तेसको भ्यालीड २ वर्षे हुन्छ । त्यो पायपछि आफुले आफ्नो श्रीमान श्रीमती छोरा छोरी हरु यहा ल्याऊन सकिन्छ आफ्नै डिपेन्डेन्ट मा भने यहा आईसके पछि स्वास्थ र सिक्षा नि सुल्क पाईने र यहा टि आर सि भयको ५ वर्ष पछि यहा को नेसनालीटी लियर अन्य देस मा जान पाईने हुनाले नेपाली को आकर्षण वढेको छ पोर्चुगल ।

सवै को साझा चौतारी पोर्चुगल

यती वेला सवै को साझा चौतारी जस्तै भयको छ पोर्चुगल ,
१८ वर्षे युवा जो जागीर खान भविस्य वनाऊन र कार्ड पायपछि आफ्नो वावु आमा लाई युरोप घुमाऊने रहर वोकेको युवा पनि पोर्चुगल आयको छन् । ऊता ४० कटेको अर्को नेपाली जो कार्ड वनायर परिवार छोरा छोरी लाई यतै ल्यायर युरोप मा सेटल गर्ने रहर ले आऊने पनि छन् ।
नेपाल मा व्यापार गरेर व्यापार मा घाटा खायर काठमाण्डौ को सटर वन्द गरेर पोर्चुगल आऊने पनि छन् भने नेपाल मा कालो धन कमायर त्यो यता लगानी गर्न आऊने पनि पोर्चुगल मा आयको छन् । २२ वर्ष सरकारी जागीर खायर पेन्शन पकायर पोर्चुगल को कार्ड वनाऊन आऊने पनि छन् । ऊता २२ हन्डर खायर नेपाल मा जागीर नपायर पोर्चुगल आऊने पनि छन् । यती वेला पोर्चुगल मा १८ वर्ष देखी ४८ वर्ष सम्म का नेपाली हरु कार्ड वनाऊन कै लागी पोर्चुगल आयको छन् । यहा कुनै सैक्षीक योग्यता नचाहीने र यहा काम गरेर कार्ड वनाऊन पाईने भयको ले यो पोर्चुगल अहिले नेपाली को लागी एऊटा साझा चौतारी जस्तै भयको छ ।

पोर्चुगल आऊने माध्यम के हो त

पोर्चुगल आऊने माध्यम भनेको युरोपीयन अन्य देस जस्तै फ्रान्स जर्मनी इटाली डेनमार्क नर्वे मा पर्यटक भिसा मा आऊने हरु कुनै गोस्टी सेमिनार मा आऊने हरु एन आर एन का कार्यक्रम मा आऊने हरु तथा माल्टा पोल्यान्ड क्रोसीया
मा वर्क परमिट मा आऊने डेनमार्क स्वीडेन लगायत देस मा विधार्थी भिसा मा आऊने हरु प्राय सवै आऊने पोर्चुगल नै हो पोर्चुगल आऊने माध्यम नै यीनै हुन् ।युरोप का विभीन्न सेनजेन देस मा गोस्टी सेमिनार मा भाग लिने वाहना मा नेपाल वाट आऊने र २/४ दिन भिषा को म्याद छदै पोर्चुगल आयर सामान्य पेपर वनायपछी ऊनीहरु यहा वस्न पाऊने हुनाले प्राय यती वेला फ्रान्स स्पेन को भिजीट भिसा तथा अन्य सेनजेन का विभीन्न भिषा मा आयर पोर्चुगल आऊने गर्दछन् ।

दुख र संघर्ष को अर्को नाम पोर्चुगल

नेपाल वाट पोर्चुगल जति सहज सोचिन्छ नि तेसको कयौ गुना दुख सास्थी र संघर्ष छ पोर्चुगल यहा आयको २ वर्ष सम्म यती दुख झन्झट संघर्ष गर्नु पर्दछ त्यो यही आयको लाई र भोगेको लाई मात्र थाहा हुन्छ यहा आयको ३ दिन भित्र लिगल इन्ट्री पेपर वनाऊनु पर्दछ तेसपछि फिनान्स भ्याट नं वनाऊनु पर्दछ त्यो सगै सामाजीक सुरक्षा नं तेसपछि ठेगान प्रमाणीत ( जुव्ता पत्र ) अनि जागीर को पोर्सेस जागीर पाऊन यती गार्हो छ । विरानो मुलुक भाषा अर्कै रहन सहन अर्कै सिप हात मा भनेजस्तो छैन सिप भय पनि भासा छैन कहि कार्ड नै खोज्ने काम पाऊन आफ्नो मान्छे नहुनेलाई यहा अति गार्हो यदि काम पायो भने पनि यहा को तलव न्युन छ पोर्चुगल को सरकारी नियम अनुसार मासिक न्युनतम तलव ७६० युरो हो यो तलव वाट पनि कति कम्पनी ले ११% कटायर दिने गर्दा तलव वुझ्ने भनेको 667 को हाराहारी हो । यहा कमाऊने से त महिना मा सुसी सेफ तथा अन्य
ले १५००/१७००/२२००/२५०० युरो पनि कमाऊदछन् तर त्यो यहा आयर संघर्ष गरेर काम सिकेर हो तर सुरु मा आऊने से पाऊने वेसिक नै हो वेसीक तलव धोरै छ भने पोर्चुगल को वसाई अत्यव्त महंगो छ । यहा काम पाऊन जति मुस्कील छ त्यो भन्दा वढि मुस्कील कोठा पाऊन छ । कोठा पायो भने पनि सस्तो पाईदैन । काम पाय कोठा पाऊदैन कोठा पाय
काम पाऊदैन । यती वेला पोर्चुगल मा यती धेरै आप्रवासी आयको छन् । पोर्चुगीज वोल्ने देस व्राजील गिनीविसाऊ काभभेर्दे को हरु भाषा वोल्ने भयको ले यहा काम पाऊदछन् । तर दक्षीण एसीयाली देस वाट आऊने लाई यहा धेरै गार्हो छ ।
एकातीर भाषा छैन अर्को तिर सिप छैन ।अनि फरक देस फरक परिवेश यहा सुरुको २ वर्ष मा दुख संघर्ष के हो भन्ने वल्ल वुझिन्छ लाग्दछ दुख संघर्ष को प्राय नै पोर्चुगल हो ।
सुरु को दिन मा यहा आयको हरु प्राय को मन मा म नेपाल फर्किऊ जस्तै लाग्दछ जव जनतन कार्ड वन्दछ तेसपछि तेहा कार्ड ले परिवार ल्याऊने रहर र यहा को पासपोर्ट पायर अन्य देस मा कमाऊने झिनो आस ले पोर्चुगल अडियको हुन्छन् । तर नेपाल वाट देख्ने ले पोर्चुगल सहज जस्तै सोच्दछन् तर यहा को पिडा अर्कै छ । तेसैले पोर्चुगल आऊदा ऋण गरेर सोचेर वुझेर मात्र आऊनु होस् ।

अन्त्यमा
पोर्चुगल मा अवसर नभयको हैनन् अवसर छन् तर भाषा सिप भयको लाई यहा अवसर छन् । यहा ऋण काढेर ठुलो महत्वकांक्षा वोकेर नआऊनु होला । केही न केही सिप सिकेर नै आऊनु होस् सिप कागज र सिभी मा हैन सिप हात मा भयकै हुनुपर्दछ पोर्चुगल आऊने चाहना छ भने १/२ महिना यहा को वारे अध्यन गर्नु होस् । वुझ्नु होस् असल साथी वनाऊनु होस् छिमेक को दाजु भाई जो पोर्चुगल जानु भयको छ ऊहा सग वुझ्नु होस् अनि वल्ल आऊनु होस् आयपछी कम्तीमा पनि १ महिना यहा भाषा पढ्नु होस् अनि वल्ल काम खोज्नु होस् नत्र यहा कसैको लहैलहै मा आयर जाऊ सवै गयको छन् क्यार जाऊ जे पर्ला पर्ला भन्ने सोच ले पोर्चुगल नआऊनु होला । यहा दुख र सास्ती अति छ संघर्ष को प्राय नै पोर्चुगल हो यो वुझ्नु होला ।
जय
होस्

सेयर गर्नुहोस्