काठमाडौं । इराकमा नेपाली महिला बन्धकमा परेका छन् । ५ जना नेपाली महिला ५ महिनादेखि बन्धकमा परेका हुन् ।
५ लाख रुपैयाँ पठाएपछि मात्रै बन्धनबाट मुक्त बनाउने जनाएको उनीहरुका परिवारहरुले जनाएका छन् ।
घरको काममा लगाइदिने भन्दै उनीहरुलाई दुबई हुँदै इराक लगिएको थियो । मासिक ४० हजार रुपैयाँ कमाइ हुने प्रलोभन देखाए मकवानपुरकी शान्ति माया गोले, मकावनपुरकी चन्द्रकुमारी गुरुङ, मञ्जु बाइबासहित दुई जना अन्य नेपाली बन्धक बनाइएका हुन् ।
एजेन्टले फोन र पासपोर्टहरु परिवारसँग सम्पर्क गर्न पनि कठिन भएको बताएका छन् । त्यहाँ नेपालीसँगै भारत, बंगलादेश, पाकिस्तान लगायतका देशका महिला छन् ।
०८० माघमा भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट इराक लगिएको थियो । घरेलु कामदारहरु ‘सप्लाइ’ गर्ने कम्पनी ‘बर्जा कोस्क’ मा उनीहरुलाई लगिएको थियो । कुर्दिस्तानको नाज शहरमा रहेको उक्त कम्पनीले ६ महिनायता शान्तिसहित पाँच नेपाली महिलाहरुलाई बन्धक बनाएर राखेको शान्तिका श्रीमान् जोन नगरकोटीले सार्वजनिक गरेका हुन् ।