११ महिनामा करिब ७ लाख विदेशिए

काठमाडौं । स्वदेशमा रोजगारी नपाएपछि वैदेशिक रोजगारीमा जानेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । विभिन्न भिसामा गएर उतै बस्नेको संख्या पनि उत्तिकै हारहारीमा रहेको अथ्यागमन कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिना अर्र्थात साउदेखि जेठसम्म ६ लाख ८२ हजार जना वैदेशिक रोजगारीमा गएका छन् । जेठमा मात्रै ७२ हजार ६ सय ८१ जना विदेशिएकामा ६४ हजार ८ सय ८६ पुरुष र ७ हजार ९ सय ७५ महिला हुन् । त्यस्तै वैशाखमा ७० हजार काम खोज्दै विदेशिए ।

विभागका अनुसार साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ नेपाली विदेशिए । त्यस्तै मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३ जना नेपाली काम खोज्दै वैदेशिक रोजगारीम गए ।

गत आर्थिक वर्ष २०७९/८० मा समेत वैदेशिक रोजगारीमा जानेको संख्या ७ लाख ७१ हजार थियो । पछिल्ला महिनामा ७० हजारले काम खोज्दै वैदेशिक रोजगारी रोजेका छन् ।  प्रत्येक महिना ७० हजार हाराहारीमा नेपालीहरू वैदेशिक रोजगारीमा गइरहेको विभागको तथ्याङ्क छ ।

झण्डै ८० प्रतिशत खाडी मुलुकमै केन्द्रित हुने गरेक छन् । तथ्यांक अनुसार युएईमा पौने दुई लाख पुगिसेका छन् । यो वर्षको हालसम्म यूएईमा १ लाख ७४ हजार ९ सय १७ जना पुगेका छन् । सोही अवधिमा उता मलेसियामा ८७ हजार नेपाली पुगेका छन् ।

खाडीबाट बिस्तारै यूरोपमा रोजगारीको अवसर सिर्जना हुन थालेको छ । विभागक अनुसार जेठ महिनामा क्रोएसियामा २ हजार ९२२ जना, रोमानियामा १ हजार ९४६ जना, साइप्रसमा ८९९, माल्टामा २८१ र प्रोचुगलमा १३९ जना पुगेका छन् ।

सेयर गर्नुहोस्