२०२४ मा बेरोजगार झनै बढ्ने

काठमाडौं । विश्वभर रोजगारीको मन्दी देखा परेको छ । रोजगारी सिर्जना हुन नसक्दा युवाहरु विदेश पलायन हुन वाध्य भएका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)ले बेरोजगारीको दर गत वर्षको तुलनामा सन् २०२४ मा बढ्दै जान प्रक्षेपण गरेको छ ।

नेपालको श्रम बजारमा आउने धेरैजसो युवाले स्वदेशमा रोजगारी पाएका छैनन् । रोजगारीको अवसर खोज्दै विदेश जाने गरेका छन् । तर, विदेशमा पनि रोजगारी नपाएर बस्न वाध्य भएका छन् ।

आइएलओको सन् २०२४ को विश्व रोजगार र सामाजिक दृष्टिकोण प्रतिवेदनले यो वर्ष विगतभन्दा पनि धेरै मानिसहरू बेरोजगार बन्ने प्रक्षेपण गरेको हो । सामाजिक असमानता र स्थिर उत्पादकत्वको कारण अन्तराष्ट्रिय श्रम बजारमा बेरोजगारी बढेको छ ।

सन् २०२४ मा विश्व बजारमा २० लाख नयाँ श्रमिकहरू थपिने छन् । बेरोजगारी दर विगतभन्दा पनि धेरै अर्थात् ५.२ प्रतिशतसम्म पुग्न सक्ने आइएलओको आँकलन छ । सन् २०२३ मा यस्तो दर ५.१ प्रतिशत थियो ।

कोरोनापछि विश्वकै आर्थिक अवस्था कमजोर बन्दै गएको छ । श्रम बजारमा आश्चर्यरुपमा लचिलो भएको र बहुपक्षीय संकटहरु देखा परेको जनाएको छ । यसले सामाजिक न्याय नपाउने सम्भावना रहेको देखिएको छ ।

आइएलओका अनुसार सन् २०२४ मा २० धनी राष्ट्रहरुमासमेत खर्च योग्य आयमा गिराउट आउने प्रक्षेण छ । ‘उच्च र निम्न आय भएका देशबीच रोजगार पाउने अवस्थामा निकै अन्तर छ ।

२०२३ मा उच्च आय भएको देशमा रोजगारीको दर ८.२ प्रतिशत थियो भने निम्न आय भएको देशमा २०.५ प्रतिशत थियो,’ प्रतिवेदनमा भनिएको छ, ‘२०२३ मा उच्च आय भएको देशमा ४।५ प्रतिशत वेरोजगारदर थियो भने निम्न आय भएको देशमा वेरोजगारदर ५.७ प्रतिशत थियो ।’

यो वर्ष काम गर्ने गरिब श्रमिक बढ्ने छन् । सन् २०२३ मा दैनिक २.१५ डलर भन्दा कम कमाउने कामदारको सख्या बढेर १० लाख पुगेको थियो । प्रतिदिन ३.६५ डलर भन्दा कम कमाउने श्रमिकहरुको सख्या ८४ लाख पुगेको थियो ।

सेयर गर्नुहोस्