पाण्डव शर्मा
युवाहरूकाे विदेश पलायनकाे सन्दर्भमा अहिले जसरी रातारात खतम भयाे भनेर प्रचार गरिन्छ । त्याे सत्य हाेइन । नेपालमा परापूर्वकालदेखि नै राेजगारीका लागि विदेश जाने चलन यस्तै थियाे ।
हिजाे गाउँबाट मान्छेहरू जीविकोपार्जन गर्न काला पहाड, लाओस र भारतका विभिन्न ठाउँमा जान्थे । प्रथम र दाेस्राे विश्वयुद्धताका पनि नेपालीहरू परिवार पाल्नकै लागि ज्यानकाे खतरा माेल्दै अरू देशमा गएर सिपाहीमा भर्ना हुन्थे । पछि गन्तव्यहरू फेरिदै गए ।
खाडीका मुलुकहरू, मलेसिया तथा काेरिया नेपालीहरूकाे गन्तव्य बन्याे । अहिले युरोप र अमेरिका गन्तव्य बनेकाे छ । हिजाे थाेरै कमाउने नेपालीहरूले अहिले महिनामा नै लाखाैं कमाइरहेका छन् ।
अवैध बाटाेबाट विदेश जाँदा व्यक्तिलाई जाेखिम र बढी लागत लागे पनि देशलाई भने फाइदा भइरहेकाे छ । ६० लाख खर्च गरेर अमेरिका पुग्नेहरूले ढेढ दुई वर्षमा चर्काे ब्याजसहित करीब एक काराेड ऋण तिरिसक्छन् ।
यसरी ६० लाख खर्च भएकाेमा नेपालमा थप ४० लाख सहित एक कराेड भित्रिनु भनेकाे देशका लागि मनग्गे आम्दानी हाे । त्यसपछि पनि केहीले निरन्तर महिनाकाे चार/पाँच लाख रूपैयाँ नेपाल पठाउछन् ।
उतै सेटल हुन खाेज्नेहरूले पनि आफ्ना बृद्घ बाआमाका लागि मासिक २०/२५ हजार पठाउछन् । यसले मुलुककाे अर्थतन्त्रलाई निकै फाइदा गरेकाे छ । बरु राज्यले नेपालमा रेमिट्यान्स पठाउनेहरूबाट अनिवार्य कुनै लगानीको व्यवस्था गरेर जति पटक नेपाल पैसा पठाउछन् । त्याे रकम काटेर स्वदेशी उद्याेगमा लगानी गर्ने व्यवस्था गर्नुपर्छ ।
यसाे हुँदा १० वर्षपछि स्वेश फर्कदा उनीहरू मालिक बन्न पाउछन् ।उनीहरूले पैशा मात्र हाेइन सीप र प्रविधि पनि भित्र्याउछन् । यसरी लगानी गर्न विश्वासको वातावरण भने बन्ने पर्छ ।
भ्रष्टाचारी तथा बिचाैलिया कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व सुध्रिने हाे भने यसरी पनि देशकाे विकास गर्न सकिन्छ । निराश हाेइन आशावादी बनाैं । विदेश पलायन हुनेहरूलाई गाली र खिचिटिउ नगराैं । उनीहरूलाई देशप्रति अझ माया गर्ने वातावरण तयार गराैं ।