एक दशकमा परदेशमा १० हजार नेपालीको मृत्यु

काठमाडौं । स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीमा जानुपर्ने वाध्यतामा आम नेपाली छन् । कतिपय त विभिन्न कारणले गन्तव्य देशमै अवसान हुन वाध्य भएका छन् ।

वैदेशिक रोजगार बोर्डका अनुसार वर्षेनी हजार जना नेपालीले गन्तव्य मुलुकमा मृत्युवरण गर्नुपरेको छ । दैनिक चार जना नेपालीले वैदेशिक रोजगारीमा ज्यान गुमाउने गरेका छन् ।

२०७० को दशकमा मात्र करिब १० हजार नेपाली श्रमिकको परदेशमा ज्यान गएको बोर्डको तथ्यांक छ ।

९ हजार ६ सय ५२ जना श्रमिकको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ ।
यो तथ्यांक श्रम सम्झौता गरेर गएका, श्रमसम्झौता अवधिमै मृत्यु भएका तथ्यांक मात्रै हो ।

वोर्डले त्यस्ता श्रमिकलाई क्षतिपूर्ति पनि दिन्छ । वैदेशिक रोजगारीमा श्रमस्वीकृति नलिई विभिन्न मुलुक पुग्ने, अकालमै ज्यान गुमाउने र कुनै तथ्यांक नहुने समस्या यथावत छ ।

आप्रावसान क्षेत्रका जानकारहरुका अनुसार बोर्डको तथ्यांकमा दैनिक तीन जना मृत्युको रेकर्ड हुने गरे पनि समग्रमा दोब्बर बढीको मृत्यु हुने गरेकोे छ ।

त्यसो त पछिल्लो समयमा अमेरिका, यूरोप सपना देखेर अवैध बाटो जाने क्रम बढ्दो छ । त्यस्तो अवस्थामा गएका श्रमिकको कुनै रेकर्ड कसैसँग पनि हुँदैन ।

बोर्डका अनुसार आर्थिक वर्ष २०७०÷७१ मा ७७७, २०७१÷७२ मा १००६, २०७२÷७३ मा ८२३, २०७३र७४ मा ७५८, २०७४र७५ मा ८२३ जनाको मृत्यु भएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७५र७६ मा ७६३, २०७६र७७ मा ६७२, २०७७र७८ मा १२४३, २०७८र७९ मा १४७९, २०७९र८० मा १,२०८ जनाको मृत्यु भएको छ ।

खाडी मुलुकतर्फ दुबई, साउदी अरेबिया, कतार, जोर्डन, बहराइन र ओमान र मलेसियामा कार्यरत श्रमिकको ज्यान जाने गरेको हो । अन्य देशमा ज्यान गए पनि बोर्डसँग रेकर्ड हुँदैन ।

मृतकका आफन्तलाई बोर्डले ७ लाख क्षतिपूर्ति दिन्छ । आएको छ । श्रम स्वीकृतिको अवधि सकिएको श्रमिकका परिवारले २५ हजार मात्रै क्षतिपूर्ति पाउँछन् ।

वैदेशिक रोजगार विभागका अनुसार १० वर्षमा४० लाख ६७ हजार ७५९ जना विदेशिएका छन् ।

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More