श्रमिकको न्यूनतम पारिश्रमिक ८२०

पोर्चुगल । पोर्चुगलमा कार्यरत श्रमिकले आउँदो जनवरीदेखि न्यूनतम पारिश्रमिक ८२० यूरो पाउने छन् ।

पोर्चुगल सरकारले केही समयअघि न्यूनतम पारिश्रमिक बढाउने निर्णय गरेसँगै श्रमिकका उत्साह थपिएको छ । हाल श्रमिकले न्यूनतम पारिश्रमिक ७६० यूरो पाउँदै आएका छन् । गत अक्टुबरमै सरकारले पारिश्रमिक बढाउने निर्णय गरेको थियो ।

श्रम संहिताको धारा २७३ को १, कानून उल्लेखित प्रावधान परिमार्जन गर्र्दै न्यूनतम पारिश्रमिक बढाइएको हो । अब पोर्चुगलमा कार्यरत सबै रोजदारताले २०२४ जनवरीदेखि लागू हुने न्यूनतम ज्याला अद्यावधिक गर्नुपर्ने छ ।

पोर्चुगल सरकारले ७.८ प्रतिशत अर्थात ६० यूरो बढाएको हो । अहिलेसम्मको वृद्धि यो नै अधिक रहेको जनाइएको छ ।

राष्ट्रिय न्यूनतम ज्यालामा भएको यो वृद्धिले प्रति श्रमिकको लागतमा एक हजार यूरो भन्दा बढीको वृद्धिलाई प्रतिनिधित्व गर्ने छ । तलब लागत मात्र नभई सामाजिक योगदानलाई पनि ध्यानमा राख्दै प्रत्येक महिना सामाजिक सुरक्षा सामाजिकमा पनि रोजगारदाताले योगदान गर्नुपर्छ ।

सुरुमा सामाजिक कन्सर्टेशनमा हस्ताक्षर गरिएको आय सम्झौताले २०२४ मा न्यूनतम पारिश्रमिक ८१० यूरो पुग्ने भविष्यवाणी गरेको थियो । तर सामाजिक साझेदारहरूले आशा गर्न सक्ने चुनौतीहरूको बावजुद १० यूरो बढाउने निर्णय गरे ।

आउँदो २०२६ मा न्यूनतम पारिश्रमिक ९०० यूरो पुग्ने जनाइएको छ । तर, राजनीतिक खिचातानी, चुनावको माहोलले अब कस्तो नीति अबलम्बन हुन्छ भनेर यकिन गर्न नसकिने जानकारहरु बताउँछन् ।

प्रधानमन्त्री एन्टोनियो कोस्टाले पदबाट राजीनामा दिएपछि पोर्चुगल चुनावी माहोलमा केन्द्रित भएको छ । आउँदो मार्चमा चुनाव हुनेछ । चुनावपछि कुन पार्टीले सरकार चलाउने भन्ने विषयले पनि यहाँको श्रम तथा आप्रवासी नीति कस्तो भन्ने भन्ने ठूलो अर्थ राख्छ ।

सेयर गर्नुहोस्