नक्कली कागजात बनाउने १० जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाउनका लागि नक्कली कागजात बनाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । १० जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यकाको अपराध अनुसन्धान कार्यालयले भिजिट भिसामा विभिन्न देशमा पठाउने प्रलोभन देखाएर नक्कली कागजपत्र बनाउन संलग्न गिरोहलाई पक्राउ गरिएको हो।

कार्यालयका प्रमुख एसएसपी सोमेद्रसिंह राठौरले नक्कली प्रहरी रिपोर्ट, नक्कली श्रम स्वीकृती, कक्षा १२ को सर्टिफिकेट, नक्कली नाता प्रमाणित बनाउने गिरोहलाई पक्राउ गरिएको बताए ।

उनीहरुको साथबाट २ सय ९६ वटा नक्कली कागजातसहित छाप लोगो तथा प्रिन्टिङ मेसिन बरामद गरिएको उनले जानकारी दिए ।

‘आजको मितिसम्म ९ जना पक्राउ र अहिले भर्खर एक जना पक्राउ गरेर १० जना पक्राउ परेका छन् ।’ उनले भने ‘प्राप्त कागजातहरु हेरी सम्बन्धित बैंक, परीक्षा नियन्त्रण कार्यालय, स्थानीय तहबाट जारी भएका सिफारीस पत्र लगायतका कागजातहरुको बारेमा सम्बन्धित निकायलाई पत्राचार गरी प्राप्त कागजातहरुको आधारमा नक्कली कागजातहरु भएको भनी खुल्न आएको छ ।’

पक्राउ परेका मध्ये जयराम श्रेष्ठले विभिन्न व्यक्तिहरुबाट राहदानी संकलन गरी कुन कुन कागजात बनाई दिनुपर्छ भनी बुझ्ने गरेको साथै रकमको कुरा समेत गर्ने गरेको पाइएको उनले बताए ।

पक्राउ पर्नेमा नवलपुर मध्यविन्दु नापा वाडा नं। ५, का ४५ वर्षका जयराम श्रेष्ठ, गोरखा सिरन चोक गा।पा। वडा नं। ८ घर भई हाल टोखा ४ बस्ने, ३४ वर्षका भक्त बहादुर थापा, गोरखा बारपाक सुलिकोट गा।पा स्थायी घर भाइ हाल रानीबन बस्ने, २१ वर्षका विपिन ढकाल, गोरखा बारपाक सुलिकोट गा।पा वडा नं। ४ स्थायी भई हाल बनस्थली बस्ने, २३ वर्षका अजित फेवाली रहेका छन् ।

त्यस्तै उदयपुर बेलका ना।पा वाडा नं। १ घर भई हाल पेप्सिकोला बस्ने, ३० वर्षका आशिष श्रेष्ठ, काभ्रेपलाञ्चोक पाँचखाल घरभाइ हल सिनामंगल बस्दै आएका २८ वर्षका जीवराज तामाङ, काठमाडौं ३२, का २३ वर्षका साइरस विसंखे, काठमाडौं नक्सालका ३८ वर्षका दिपक के।सी र सल्यान रामपुर कालिमाटी घर भई हाल नागार्जुन न। पा। ३ ईचंगुनारायण, बस्ने ४२ वर्षका बलबहादुर रावतलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले नक्कली कागजात बनाउन ५ देखि १० हजारसम्म लिने गरेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्