युवा संयोजकमा जित्नेमा ढुक्क देखिन्छन् रविन अधिकारी

पोर्चुगल । आर्थिक पारदर्शी, सालिन र सबैको मनमा बस्न सफल पोर्चुगलका व्यवसायी रविन अधिकारी गैरआवासीय नेपाली संघको युवा संयोजमा निर्वाचन लड्ने तयारीमा जुटेका छन् ।

यहीँ अक्टुबर १७ देखि २० तारिखमा हुने ११ औं महाधिवेशनबाट अधिकारी युवाको नेतृत्व गर्न चाहन्छन् । भद्र स्वभावका अधिकारी युवामाझ लोकप्रीय छन् ।

एनआरएनएको राष्ट्रिय समन्वय परिषद् पोर्तुगलको नेतृत्व सफलतापूर्वक सम्पन्न गरेका अधिकारी निर्वाचन आफ्नो पक्षमा पार्न गृहकार्य गरिरहेका छन् ।

विवादका कारण पोर्चुगलमा दुईवटा समान्तर संस्था हुँदा पनि अधिकारी आफ्नो कार्यकालमा विवादमा आएनन् । सबैलाई मिलाएर लैजान सक्ने र अरुको अस्तित्व स्वीकार गर्न सक्ने खुवी भएका अधिकारी निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् ।

एनआरएनएको आइसीसी सदस्य भइसकेका अधिकारी सन् २०२३–२५ कार्यकालका लागि खारिएर आएको दावी गर्छन् । केही समयअघि औपचारिक कार्यक्रममा उम्मेद्वारी दिने घोषणा गर्दै उत्साहित देखिएका अधिकारी निर्वाचन नजिकिदैँ गर्दा जितिनेमा विस्वस्त देखिन्छन् ।

अधिकारी मतदातासँग भेटघाट, अन्तरक्रिया, टेलिफोन सम्पर्कमा तीर्वरुपमा जुटेका छन् । संघमा लामो अनुभव, प्रतिवद्दता, क्रियाशिलता र अझै योगदान गर्ने इच्छा र भावनाले अन्तर्रााष्ट्रिय समन्वय परिषद्को युवा संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको अधिकारी बताउँछन् ।

‘संघमा मैले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था युवाहरुलागि विशेष योजनाका साथ मैले खेल्ने भूमिकालाई मूल्यांकन गरि मतदान गर्नेमा विश्वस्त छु’ उनी भन्छन् ।

अधिकारीले ‘सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको बृहत सहभागिता’ भन्ने मुल भावनाका साथ संघमा युवा र नयाँ पुस्ताको सहभागिता बढाउने उनको योजना छ ।

सपना बोकेर विदेशमा पुगेर कुलतमा फसेका युवाहरुलाई पुर्नस्थापना केन्द्रमार्फत सामान्य जीवनमा फर्काउन पहल गर्ने, नेपालमै रोजगारी गर्न चाहने युवाहरुलाई सीपमुलक तालिम सञ्चालन गर्न पहल गर्ने अधिकारी बताउँछन् ।

प्रवासमा रहेका युवाहरुलाई खेलसँग जोड्ने उनको चाहना छ । फुटबल, भलिबल, क्रिकेट लगायतका खेलकुदहरुको माध्यमबाट जोड्न एनआरएन युवा खेलकुद कोष स्थापना गर्ने उनले जनाए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली खेलाडीहरुलाई प्रोत्साहित गर्दै सहयोग पु¥याउने कार्यक्रम ल्याउने उनको प्रतिवद्धता छ ।

विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्ताका युवा वर्गलाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा,संस्कृति प्रवद्र्धन र जगेर्नाका लागि कार्यक्रम सञ्चालन गर्ने उनले जोड दिएका छन् ।  अधिकारी करिब १४ बर्षदेखि संघको अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील छन् ।

उनी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको सदस्य (२०११–१३), पोर्चुगलको युवा संयोजक (२०१७–१९), आइसिसी सदस्य (२०१९–२१) भएका थिए । त्यस्तै पोर्चुगलको अध्यक्ष (२०२१–२३) को जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका अधिकारी विश्वभर छरिएका युवालाई उत्साह जगाउन सकिने ठाउँमा पुग्न कम्मर कसर लागेका छन् ।

 

सेयर गर्नुहोस्