पोर्चुगलमा राजदूतावास स्थापना हुने

पोर्चुगल । पोर्चुगलमा राजदूतावास स्थापना हुने भएको छ । पोर्चुगल लगायत यूरोपका ८ देशमा राजदूतावास स्थापना गर्ने निर्णय गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार पोर्चुगल, रोमानिया, माल्टा, साइप्रस, क्रोएसिया, माल्दिभ्स, पोल्यान्ड, टर्कीमा राजदूतावास निर्माण गर्ने निर्णय भएको छ ।

१० हजार भन्दा बढी नेपाली बस्ने यूरोपका सबै मुलुकमा दूतावास स्थापना गर्न लागिएको हो ।
युरोप क्षेत्र हेर्ने नेपाली राजदूतहरूले जनशक्ति अभाव र आफ्नो क्षेत्र पर्ने अर्को मुलुकमा गएर अध्ययन गर्ने समय अभाव भएको बताउँदै आएका थिए ।

पोर्चुगलमा राजदूतावास स्थापना गर्न यहाँ रहेका नेपालीले लामो समयदेखि आवाज उठाइरहेका थिए । संघीय संसद र सदनका विभिन्न समितिहरुमा पोर्चुगलमा दूतावास स्थापना गर्न छलफल भएको थियो ।

सांसदहरु बिनिता कठायत र छिरिङ लामाले सदनमा पोर्चुगलमा राजदूतावास स्थापना गर्नका लागि आवाज उठाएका थिए ।

अब स्थापना हुने दूतावासमा तोकिएको कर्मचारीले मात्रै सेवासुविधा पाउने छन् । परिवारका अन्य सदस्यले भने सेवा सुविधा नपाउने गरी तीन सदस्यीय नेपाली दूतावास स्थापना गर्ने निर्णय गरिएको श्रम मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख राजीव पोखरेलले बताए ।

यसमा एक÷एक जना जना परराष्ट्र सेवाको उपसचिव र श्रम सहचारी र एक जना स्थानीय कर्मचारी रहने छन् । परराष्ट्रले प्रक्रिया पूरा गरी मन्त्रिपरिष्मा प्रस्ताव पेस गर्ने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको दुईदिने उच्चस्तरीय बैठकले युरोपमा दूतावास खोल्नुका साथै वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री दाहालले आवश्यक सहजीकरण गर्न अर्थ र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विशेष प्राथमिकता दिन निर्देशन दिएका छन् ।

जर्मनीस्थित नेपाली दूतावासले युरोप क्षेत्रको झन्डै ४२ प्रतिशत भूभाग हेर्दै आएको छ । जर्मनीमा रहेको दूतावासले रोमानिया, चेक रिपब्लिका, हंगेरी, पोल्यान्ड, सर्भिया, सोल्भाक, बुल्गेरिया, र युक्रेन हर्ने जिम्मेवारी छ । पोर्चुगलमा ६० हजार, रोमानियामा २१ हजार र पोल्यान्डमा उल्लेख्य नेपाली कार्यरत छन् ।

सेयर गर्नुहोस्