रेल दुर्घटनामा ३० जनाको ज्यान गयो

पाकिस्तान । पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना भएको छ । दुर्घटनामा परी ३० जनाको ज्यान गएको छ । भने ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडिरहेको हजारा एक्सप्रेस रेलका आठ वटा डिब्बा लिकबाट बाहिर गएको थियो । पाकिस्तानमा रेलमन्त्री साद रफिकले ३० जनाको शव भेटिएको जानकारी दिएको अन्तर्राष्ट्यि सञ्चारमाध्यमहरुले जनाएका छन् । उद्धार तथा उपचार कार्य भइरहेको उनले बताए ।

रेलमा झन्डै एक हजार जना यात्रु सवार थिए। सरकारले नवाबशाह र नजिकैको सिन्ध जिल्लाका अस्पतालहरूमा सङ्कटकाल घोषणा गरेको छ ।

रेलमन्त्री रफिकले दुर्घटनाको कारणबारे अनुसन्धान हुुने बताएका छन् । उद्धारमा ध्यान दिइएकाले तत्काल कारण नखोजिएको उनको भनाइ छ । रेल कराचीबाट एबटाबादतर्फ गइरहेको थियो ।

सेयर गर्नुहोस्