काठमाडौं । परपरराष्ट्र नीतिमा सरकार अलमल देखिएको छ । कतिपय स्पष्ट नीति नहुँदा नेपालको शिर झुकेको छ ।
नीति पनि सिष्टममा चलेको छैन । देश भन्दा व्यक्ति प्रधान हुँदा नीति आफू अनुकुल व्याखा हुने गरेको छ । परपरराष्ट्र नीति कुन नेताको, कुन पार्टीको सरकार छ भन्ने विषय अघि आउने गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली शनिबार पर्टीको परराष्ट्र मामिला विभागले गरेको कार्यक्रममा। बेल्दै सरकारले छिमेकी देशसँग गर्ने सम्झौताका विषय सरकारले लुकाउने गरेको बताए ।
परराष्ट्र मामिलामा राष्ट्रिय एकताको कुरा उठे पनि प्रधानमन्त्रीले छिमेकी देशसँग गरेका कतिपय सम्झौता जनताले थाहा पाउँदैनन् । सम्झौता भइसकेपछि कतिपय विषय बाहिर आउँछन् । कुनै समयमा त के सम्झौता भयो भन्ने विषय गुपचुप राखिन्छ ।
ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणका क्रममा राष्ट्रिय हितभन्दा सत्ता स्वार्थका लागि सम्झौता गरेको जीकिर गरे । २ महिना अघि भारत जाँदा दाहालले ७ वटा सम्झौता गरेका थिए ।
ओलीले भारतमाथि लिम्पियाधुरामा महाकाली नदीलाई नेपालसँगको सीमाना मान्नुपर्ने बताए । महाकालीबाट ल्याएको अर्को कुलोलाई सीमा भनेर अर्घेल्याईं गरेको उनको भनाइ छ ।
‘कुलो खनेर महाकाली नदीको मुहान भन्नु भारतको अर्घेल्याईं हो। हामीले हाम्रो दाबी छाड्नु हुँदैन’ओली भन्छन्,‘ लिम्पियाधुरा आफ्नो भूमि भएको बताउन सरकारले आनाकानी गरेको छ ।’