एकै वर्षमा पौने ८ लाख विदेशिए, किन बढ्दै छ बेरोजगार ?

काठमाडौं । स्वदेशमा रोजगारी नपाए पछि एकै वर्ष पौने ८ लाख विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार वैदेशिक रोजगारीको खोजीमा ७ लाख ७१ हजार ३ सय २७ जना मुलुक बाहिर गएका छन् । यो श्रम स्वीकृति लिएको तथ्यांक हो । यसबाहेक अन्य विभिन्न भिसामा आएर गन्तव्य मुलुकमा बस्ने युवाको पनि संस्खा उत्तिकै छ ।

विभागका अनुसार ६ लाख ९९ हजार १ सय ९३ जना पुरुष र ७२ हजार १ सय ३४ जना महिला वैदेशिक रोजगारीमा गएका छन् । खाडी मुलुकको घरेलु कामदारमा जान महिलालाई प्रतिबन्ध लाग्दै आएको छ ।

विभागका अनुसार गत वर्ष ४ लाख ९४ हजार २ सय २४ जना नयाँ श्रम स्वीकृति लिएर बिदेसिएका हुन् । २ लाख ७७ हजार १ सय ३ जना पुनः श्रम स्वीकृति लिएका हुन् ।
आर्थिक वर्ष २०७४र७५ मा ६ लाख १२ हजार ६ सय ८५, आव २०७५र७६ मा ५ लाख ८ हजार ८ सय २८, आव २०७६र७७ मा ३ लाख ६८ हजार ४ सय ३३, आव २०७७र७८ मा १ लाख ६६ हजार ६९८ र आव २०७८र७९ मा ६ लाख २८ हजार ५०३ नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४ सय ३, असोजमा ६२ हजार ७ सय ६, कात्तिकमा ७८ हजार ३ सय ७० र मंसिरमा ६८ हजार ५ सय ६४ जना बिदेशिए । पुसमा ६५ हजार ४ सय ६४, माघमा ६४ हजार २ सय ८४, फागुनमा ६१ हजार ८ सय ४५, चैतमा ६१ हजार ४ सय ७८, वैशाखमा ५४ हजार ४ सय ५७, जेठमा ५९ हजार ४ सय २२ र असारमा ५५ हजार २ सय ९९ नेपाली बिदेसिए ।

पौने ८ लाख बिदेसिँदा मुख्य गन्तव्य मलेसिया बन्यो । मलेसियामा मात्रै २ लाख ५९ हजार ५ सय ९४ जना रोजगारीको खोजीमा पुगे ।

२ लाख ५२ हजार २ सय ९५ जना पुरुष र ७ हजार २ सय ९९ जना महिला मलेसिया गएका छन् । सो अवधिमा २ लाख १९ हजार ३ सय ५७ जनाले नयाँ श्रम स्वीकृति र ४० हजार २३७ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

मलेसियापछि कतार १ लाख ३३ हजार २ सय ६२ जना, यूएई १ लाख १६ हजार १ सय ५९ जना र साउदी अरब १ लाख १२ हजार ७ सय ७७ जना गए । कुवेत ४३ हजार ५सय ७, बहराइन ७ हजार ६ सय ९०, क्रोएसिया ७ हजार ४ सय ४१, साइप्रस ५ हजार ३ सय १७, जापानमा ९ हजार ६ सय ४४, जोर्डन १ हजार १९, इजरायल १ हजार ८४, माल्दिभ्स ४ हजार ८ सय ६५, माल्टा ६ हजार ३ सय ३, ओमन ५ हजार २ सय ९४ र पोल्यान्डमा ५ हजार ११२ जना पुगेको विभागको तथ्यांकमा उल्लेख छ ।

२ लाख २ हजार ६ सय १६ जना अदक्ष हुन् । ५ लाख ६ हजार ७ सय ४६ दक्ष कामदार बिदेसिए । अर्धदक्षको संख्या ६० हजार ५ सय ५५ जना हुँदा प्रोफेसनल १ हजार १ सय ५३ जना र हाइ स्किल्ड २ सय ५७ जना छन् ।

सेयर गर्नुहोस्