पाोर्चुगल । आजदेखि विश्व युवा दिवस सुरु भएको छ । विश्वभरका ४ लाख भन्दा बढी युवाह? पोचुगल आएका छन् ।
कार्यक्रममा आकर्षकका रुपमा पोप फ्रान्सिसको आउने छन् । उनी भोलि आउने कार्यक्रम तय भएको छ ।
विश्व युवा दिवस आज मंगलबारबाट सुरु भई ६ दिनसम्म चल्ने छ । सो अवसरमा हुने विभिन्न कार्यक्रममा पोप उपस्थित हुनेछन् ।
पोप फ्रान्सिस भोलि बुधबार लिस्बनको फिगो मादुरो एयरपोर्टमा अवतरण हुनेछन् । सरकारी उच्च अधिकारीले उनलाई एयरपोर्टमा स्वागत गर्ने छ । बेलेममा पोर्चुगिज गणतन्त्रका राष्ट्रपतिको दरबारमा सरिक हुनेछन् ।
दिउँसो पोपले प्रधानमन्त्रीसँग भेट गर्ने तय भएको छ । त्यसपछि जेरोनिमोस मठमा भेस्पर्स प्रार्थनाको अध्यक्षता गर्ने छन् । पादरीहरू र पवित्र जीवनका संस्थानहरूका सदस्यहरूसँग छलफल गर्ने छन् ।
बिहीबार बिहान पोपले पोर्चुगिज क्याथोलिक विश्वविद्यालयको मुख्यालयमा युवा विश्वविद्यालयका विद्यार्थीसँग छलफल गर्नेछन् ।
त्यसपछि कास्केसको स्कोलास ओकुरेन्टेसको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । पार्के एडुआर्डोमा साँझ ६ बजे स्वागत समारोह हुने तालिका छ ।
शुक्रबार भास्को दा गामा गार्डेनमा पोपको उपस्थितिमा विशेष कार्यक्रम छ । त्यहाँ केही युवाहरूको स्वीकारोक्तिको साथ एक भावनात्मक क्षणको कार्यक्रम हुने भएको हो ।
यो दिन पोर्र्चुगल माटोमा अन्य धार्मिक सम्प्रदायका एक दर्जन भन्दा बढी प्रतिनिधिहरूका नेताहरूसँग पोपको भेटघाटा तथा छलफल हुनेछ ।
दिउँसो विभिन्न देशका युवाहरूसँग खाजा र पार्के एडुआर्डी भिआइआईमा वे अफ द क्रसको उत्सव हुने छ ।