३० जना निर्वाचित हुनुपर्नेमा ५१ जना जनालाई विधान विपरित बाँडियो पद
लिजवन पोर्चुगल
गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलमा विधान विपरित जम्बो टोली बनाइएको छ । राजनीतिक भागभन्दा गर्दै विधान कुल्चिएर ‘अस्वभाविक’ कार्यसमिति बनाइएको हो ।
३० जनाको कार्यसमिति निर्वाचित हुनुपर्नेमा भाग पु¥याउनकै लागि ५१ जनाको कार्यसमिति बनाइएको छ ।
निर्वाचन समितिले उपाध्यक्ष र सचिवमा २/२ जनाको निर्वाचन हुने घोषणा गरेको थियो ।
निर्वाचन संयोजक प्रेम खड्काद्धारा जारी विज्ञप्तिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक, लेखा संयोजक एक/एक जनाको निर्वाचन हुने तालिका सार्वजनिक गरेका थिए ।
त्यस्तै १५ जना सदस्य, आइसीसी, उपाध्यक्ष र सचिव दुई/दुई जनामा निर्वाचन हुने कानुनी प्रावधान अनुसार कार्यसमिति रहने घोषणा गरिएको थियो ।
तर, राजनीतिक भागबन्डाका कारण उम्मेदवारी दर्ता गरेका सबै व्यक्तिलाई हचुवाका भरमा पद दिइएको छ ।
विधान लत्याएर ११ जना उपाध्यक्ष बनाइएको छ । पाँच जना सचिव बनाइएको छ ।
१५ जना सदस्य हुनुपर्नेमा २५ जना र एक जना सहकोषाध्यक्ष हुनुपर्नेमा दुईजना सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको छ ।
निर्वाचनका लागि मनोनयन गरिएका ५३ जनामध्ये लगभग सबै कार्यसमितिमा अटाएका छन् । निश्पक्ष निर्वाचन गराएर विधान अनुसार कार्यसमिति चयन गर्न नसकेमा निर्वाचन समितिप्रति आलोचना आउन थालेको छ ।
विधानपिपरित कार्यसमिति चयन भएकोमा धेरै पोर्चुगलमा बस्ने नेपालीहरु आक्रोशित भएका छन् ।
यसपालि मात्र होइन्, पोर्चुगलको एनआरएनए सधैं बेथिति र भद्रगोलमा रुमलिएको छ ।
यसअघिको कार्यकाल पनि दुई/दुईवटा समान्तार कार्यसमिति बनेका थिए ।
यहाँको आम नेपालीमा वितृष्णा जागेकै बेला २९ जुलाईको राति बिधान कुल्चेर भद्रगोल कार्यसमिति बनाइएकोमा मतदाता रुष्ट बनेका छन् ।
सहमतीय र राजनैतीक भागवन्डामा गलत तरिकाले कार्यसमिति गठन भएको भन्दै पोर्चुगलको नेपाली समाजमा चर्को आलोचना भएको छ ।
पोर्चुगलमा करिब ६० हजार नेपाली बस्छन् । त्यसमध्ये २ हजार २ सय मात्रै संघको सदस्य बनेका छन् ।
एनआरएनएप्रति वितृष्णा जागेको र निराशा छाएको बेला झन् विकृति निम्ताइएको भन्दै नेपाली समुदाय आक्रोशित छ ।
संसारभर रहेको नेपालीलाई एउटै छातामुनि अटाउने गरि स्थापना भएको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिमा पनि भद्रगोल अववस्था छ ।
चार जना अध्यक्ष नै छन् । सुरुमा तीन जना अध्यक्ष बनेका थिए भने पछि छुट्टिएको शेष घले समूहका अध्यक्ष विनोद कुँवरलाई समेट्दै चार जना अध्यक्ष बनाइएको छ ।
संसारका विभिन देशमा निर्वाचन भइरहे पनि गैरआवासीय नेपालीमा चुनावप्रति रौनकता छैन । पोर्चुगल लगायत हरेक देशमा ज्यादै न्युन संख्यामा सदस्य बन्नुले पनि वितृष्णा रहेको जानकार बताउँछन् ।
भागवन्डामा जस्तो पायो त्यस्तै उम्मेदवारलाई जिम्मेवारी दिने गरिएको छ । कार्यसमितिमा आएका केही व्यक्ति ठगी, तस्करी कार्यमा मुछिएका पाइएको छ ।
यस्तै किसिमले एनआरएन अगाडी बढ्ने हो भने आगामी दिनमा एनआरएनएको अस्तित्व संकटमा पर्ने जानकार दावी गर्छन् ।
निर्वाचनमा चयन गरिएका, उम्मेदवारी दिएका र निर्वाचन समिलिे घोषणा गरेका विज्ञप्ति पनि हेर्नुहोस् ।