भुगोल टाढिएसगैँ मन पनि टाढिनेहरुको संख्या पोर्चुगलमा

रमेशराज वास्तोला
लिजवन पोर्चुगल
युरोपियन देश पोर्चुगलमा नेपालीको धेरै आकर्षण छ । युुरोप बस्ने रहरले यहाँ आउने क्रम बढ्दै गएको छ । कार्ड बनेपछि परिवार ल्याउने र सन्तानलाई राम्रो शिक्षा दिन पोर्चुगल उपयुक्त ठाउँ हो ।
सन्तानकोे भविस्य बन्ने आशले धेरैले आफ्ना मान्छे पोर्चुगल पठाउँछन् । श्रीमान्ले श्रीमती र श्रीमतीले श्रीमान पठाउने गरेका छन् । कतिपय श्रीमतीले आफ्नो गरगहना बेचेर विदेश पठाएका हुन्छन् । कतिपय श्रीमानले ऋण धन गरेर पत्नी लाई विदेस पठाएका हुन्छन् ।

वैदेशिक रोजगारले कतिपयको जिन्दगीमा तहसनहस ल्याउँछ । परिवारको सुखद भविस्यका लागी पठायको हुन्छन् तर, कालान्तरमा उनीहरुको झन् भविस्य अन्धकार भएको छ । भुगोल परिवर्तनसँगै मन परिवर्तन गर्नेहरुको संख्या धेरै पुगेको छ । पोर्चुगल मा यसको केही ऊहाहरण यी हुन् ।

तनहँकी कमला ( नाम परिवर्तन ) ११ वर्ष पहिला रुपन्देहीको अर्जुन (नाम परिवर्तन) सँग विहेवन्धनमा बाधिइन् । सँगै जिउने, सँगै मर्ने कसम खादै वैवाहिक जीवनमा बाँधिएका दम्पत्तिको सम्बन्धमा दरार आउन थाल्छ । श्रीमान् श्रीमती सल्लाह गरेर विदेश जाने निधो गरे ।

पोर्चुगलमा कार्ड पनि बन्ने, परिवार पनि सबै लान पाइने कुरा थाहा रहेछ । तेही अनुरुप ऊनका श्रीमान पोर्चुगल जाने निर्णयमा पुगे । उनी केही वर्ष अगाडी पोर्चुगल आए । २,४ वर्ष सबै सबै राम्रै भयो । केही वर्ष पछि पोर्चुगलमा भएका श्रीमान्को फोन बोली चाली पातलिदै गयो ।

त्यति मात्र होइन, फोन गर्दै नगर्ने, कुरा गरे झगडा गर्ने, डिभोर्ष कै कुरा गर्र्न गर्न थाले ।  श्रीमतीले नेपालबाट बुझ्दा थाहा भयो । पोर्चुगलमा अर्र्कैसगै माया प्रेममा रहेछन् । एक कान दुई कान मैदान सबैलाई थाहा भयो । यता श्रीमानको पासपोर्ट पनि आयो । अर्की केटी लिएर ऊ पोर्चुगलबाट अन्य देशमा पलायन भयो । उता नेपालमा फोन गरेर म छोरी ल्याऊछु, त जे गरेनि गर भन्दै खवर पठाउन थाले ।

सगैँ मर्ने, बाँच्ने कसम खाएर सिन्दुर हालेर विहे गरेका र सल्लाहले विदेश हानिएका श्रीमानले त्यस्तो गरेपछि उनी आजित भइन् । गहना बेचेर विदेश पठाएको श्रीमानको खुब याद गरिन् । उनको मन किन, के कारणले टुट्यो होला भन्दै प्रश्नको उत्तर खोज्दै छिन् ।

तेस्तै तेर्हथुमकी सम्झना ( नाम परिवर्तन) ले ५ नुवाकोटका अर्जुनसँग बिहे गरिन् । बिहे गरेको १८ महिनामै श्रीमान् विदेश उडे विदेश उडेको १,२ वर्षसम्म त सम्बन्ध राम्रै थियो तर एक्कासी आफ्नो पति फेरिए । पोर्चुगलमा अर्कीसँग बस्न थालेको रहेछन् ।

त्यस्तै माग्दीकी आचार्य थरकी एक जनाको पीडा पनि कम्ता छैन । नेताँसग फोटो खिच्ने बारम्बार विदेश जाने श्रीमान विगत १० वर्ष देखी पोर्चुगल छन् । सामाजिक संजालमा पटक्कै नदेखिने श्रीमानले फोन बेलाबेला गर्दथे । घर आउँथे छोरीलाई माया गर्दथे ।

तर एकदिन घरकालाई थाहा भयो कि उनले पोर्चुगलमा बिहे गरेर २ सन्तान पनि पाइसकेका रहेछन् । हाल कक्षा २ पढ्ने छोरी र श्रीमतीले नेपालमा हार गुहार गरे । केही घर खेत छोरीको नाममा गराइदिने, सम्पत्ति दने सर्तमा थाम थुम पारे ।

त्यस्तै प्रदेस नं ४ कै एक जिल्लाको दम्पती मा एक जना विदेश जाने सल्लाह भयो । आफू भन्दा श्रीमती विदेश जाने रहर गरिन् । श्रीमतीलाई विदेश पठाए । श्रीमती पोर्चुगल आइन् । चार पाँच वर्ष राम्रै चल्यो । श्रीमतीले रातो पासपोर्ट पाइन् । अनि नेपाल गयर विभिन्न वाहनामा श्रीमानलाई डिभोर्ष दिइन् । त्यति माया गर्ने श्रीमतीले डिभोर्ष दिदाँ उनी अचम्मित परे । के गल्ती ले गर्दा डिभोर्ष पाए भन्नै भन्ने अझै त्यसको उत्तर र कारण पाउन सकेका छैनन् ।

यी माथीका त केही प्रतिनिधि घटना मात्र हुन् । नेपालबाट बढ्दो विदेश पलायन र सेटलमेन्टको नाममा सम्बन्धमा दरार आएका छन् । धेरै सम्बन्ध टुटेका छन् । अझ लिभिङ्ग टुगेदर त विदेशमा रहेका नेपाली दिनानु दिन बढ्दै छन् ।

नेपालमा छोराछोरी श्रीमती छोडेर विदेश आएकाहरु नेपालमा श्रीमान, छोराछोरी छोडेर आएका र भर्खर २०र२२ वर्षे युवा युवती लिभीङ्ग टुगेदर मा बस्ने गर्छन् । भुगोल छुटे सँगै सम्बन्ध टुटाउनेहरुको बढ्दो विकृति छ । पोर्चुगलमा मात्र नभई विदेश जाने परिवारमा विचलन देखिएको छ । अझ युरोप अमेरीका अस्ट्रेलियामा यस्तो समस्या बढी देखिन्छ ।

यस्ता विकृति, विसंगतिको कुरा गर्दा आफ्ना परिवारप्रति जिम्मेवारी भएर काम गर्नेहरु पनि उल्लेखनीय नभएका होइनन् । तर आजभोलि भुगोल छुटे सगै सम्बन्ध टुटाउनेहरु दिनानु दिन बढ्दै छन् ।

भावी दिनमा आफ्नो परिवार परम्परा जिम्मेवार विर्सेर भुगोल छुटे सगैँ सबन्ध टुटाउने प्रवृतिले हाम्रो समाज देशमा विकराल समस्या को रुपमा नआऊला भन्न सकिदैन । दिनानुदिन फ्रान्सस्थित नेपाली राजदुतावसमा पोर्चुगलबाट सम्बन्ध विच्छेद गर्नेहरु बढ्दै गएका छन् । नेपालीहरुका लागि यो राम्रो संकेत हैन

सेयर गर्नुहोस्