पोर्चुगलमा बस्न चाहने आप्रवासी तीन लाख नाघे, प्रमाणीकरण गर्न दुई वर्ष लाग्ने

पोर्चुगल । पोर्चुगलमा बसोबास गर्न चाहने आप्रवासीको संख्या तीन लाख नाघेको छ । ती आप्रवासीहरुको कागजात हेर्न दुई वर्ष लाग्ने देखिएको छ ।

ओम्बड्सम्यान अफ जस्टिसका अनुसार पोर्चुगलमा बसोबास गर्ने अनुमति प्राप्त गर्नका लागि गत जनवरीसम्म ३ लाख पुगेका थिए । पेन्डिङरहेका ती अनुरोध प्रमाणीकरण गर्न दुई वर्षभन्दा बढी समय लाग्ने जनाइएको हो ।

आप्रवासी उच्च संख्यामा आउन थालेपछि यहाँको सरकारी प्रशासनले धान्न नसकेको हो । पोर्चुगलमा निवास अनुमति (एआर) प्राप्त गर्न रूचिको अभिव्यक्ति (आईएम)को प्रस्तुतीकरण पछिको प्रक्रियाको बारेमा रिपोर्ट गरेको छ ।

अटोमेटिक प्रि सेड्डयुलिङ सिष्टम (सापा)मा दक्ष जनशक्ति र प्राविधि नहुँदा पेन्डिङ हुने क्रम बढ्दै गएको हो । आप्रवासीको संख्या बढ्दै गएपछि सेफको क्षमताले धान्न नसक्ने अध्ययनले देखाएको छ । आप्रवासीलाई सहज सुविधा दिन छुट्टै नियका चाहिने अध्ययनले प्रतिवेदन दिएको छ ।

तत्काल नयाँ संरचना बनाउन नसके पेन्डिङको संख्या बढ्दै जाने र अझै थप समय लाग्ने देखिएको छ ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

1 टिप्पणी

  • Bikram Adhikari

    आपरबासिको बढ्दो बेरोजगारी समस्या समाधान गरियोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *