आज पोर्तुगलमा राष्ट्रिय निर्वाचन हुँदैछ। १०,८५०,६१५ जना मतदाता दर्ता छन्। राजधानी लिस्बनको मुख्य क्षेत्र मार्केस दे पोम्वाल नजिकको मतदान केन्द्रमा गएर हेर्दा अचम्म लाग्छ — न भीड, न होहल्ला, न त प्रहरीको बिउँटासम्म। मतदाता आउँछन्, ३-४ मिनेटमै मतदान गर्छन्, र शान्तिपूर्वक फर्कन्छन्।
तर नेपालमा?
मतदान भन्नासाथ लाइनै लाइन, दिनभरको पर्खाइ, नाराबाजी, भिडभाड, कड्केको प्रहरी र जबर्जस्ती शान्ति कायम गर्ने नाटक। माथि त त्यसैमा औँलामा चिह्न लगाउने झन्झट। विदेशीहरू चुनावलाई लोकतन्त्रको उत्सव भन्छन्, तर हाम्रो देशमा त्यो उत्सव झनै बोझिलो झन्झटमा परिणत हुन्छ।
कहिले आउँछ त्यो दिन, जब नेपाली मतदाता पनि शान्तिपूर्वक, सुरक्षित र सहज तरिकाले आफ्नो भोट हाल्न सक्छन्?
राजनीतिक दलहरूलाई प्रश्न छ —
लोकतन्त्रको नाममा किन नागरिकलाई सास्ती दिइन्छ? मतदान प्रक्रियालाई प्रविधियुक्त र सभ्य बनाउने इच्छाशक्ति कहिले देखिन्छ?
अब नेतृत्व बदल्ने होइन, सोच बदल्ने बेला हो।
चुनावलाई उत्सव होइन नाटक बनाउने प्रवृत्ति अब अन्त्य हुनुपर्छ।
#शान्तिपूर्णचुनाव #NepalVsPortugal #मतदानसुधार #लोकतन्त्र_बचाऊ