जनक वराल
२०१५ आसपास एउटा समय थियो जतिबेला उच्च शिक्षा अध्ययन गरेर बिदेशमै उतै सेटल हौँला भनेर बेलायत , डेनमार्क , माल्टा , पोल्याण्ड , फ्रान्स जस्ता देशमा धेरै नेपाली हरु बिधार्थी भिषामा भित्रिए ।
बिधार्थी मा आउन पढाई राम्रो हुनु पर्ने , ग्याप हुन नहुने , IELTS गरेर राम्रै स्कोर ल्याउनु पर्ने हुन्थ्यो । जब बिधार्थी भिषामा आएर सोचे जस्तो भएन , बिभिन्न कारणले कलेजले भिषा थपिदिएन अथवा पिआर तथा दीर्घकालीन सेटलमेन्ट होला जस्तो देखिएन तब धेरै बिधार्थीहरुले पोर्तुगल जाने बाटो रोजे । उनीहरु पोर्तुगल त गए तर उनीहरुको अन्तिम गन्तब्य पोर्तुगल थिएन , बेलायत पढ्न पठाएको, डेनमार्क पढ्न पठाएको सन्तान त्यतै राम्रै पढ्ला , डीग्री गर्ला सके नेपाल फर्केला नभएपनि पिआर, ग्रीनकार्ड बनाउला भनेको मान्छे अन्ततः पोर्तुगल पुग्यो भन्दा अभिवावक लाई असह्य होला भनेर एकाधले त पोर्तुगल आएको केही महिना सम्म पनि आफु पोर्तुगल आएको कुरा सबै सङ्ग लुकाए । बिधार्थी भिषामा पढ्न आएको मान्छे पोर्तुगल छिरेर कार्ड बनाईसक्दा पनि न उनीहरुले म पोर्तुगल छ भनेर अरु कसैलाई भने न अभिवावक ले हाम्रा सन्तान पोर्तुगल छन भने । थाहा छैन कुन मानसिकताले काम गर्यो तर धेरैले आफु UK, डेनमार्क, बेल्जियम जस्ता देशमा रहेको भनेर अरुलाई भनिरहे । त्यस्ता पचासौं उदाहरण मैले आफैं भोगेको छु । पोर्तुगल भएको मान्छेले पोर्तुगलमै भएको साथीलाई नर्वे छु भन्ने , खेतीमा काम गर्नेले लिसबनमा रेस्टुरेन्ट मा काम गर्छु भन्ने चलन हुन्थ्यो त्यती बेला । त्यो लट अहिले UK, डेनमार्क जस्ता देशमा गएर राम्रै सङ्ग स्थापित भएर बसेका छन ।
जब बिधार्थी भिषाको चरण सकियो माल्टा, पोल्यान्ड, नर्वे जस्ता देशमा वर्क पर्मिटमा आएर मान्छेहरु पोर्तुगल जान थाले । २०१५ को अन्तिम तिर बाट टर्की , अजरबैजान , सिरिया जस्ता देशको भिषा लगाएर गैर कानुनी बाटो बाट नेपाली हरु पोर्तुगल छिर्न सुरु गरे । २०१८ आसपास बाट क्रोयसिया, रोमानिया , बुल्गेरिया जस्ता देशमा ब्यापक रुपमा नेपालीहरु भित्रिन थाले अनि नेपाली हरुको सङ्ख्यामा ह्वात्तै बृद्दि हुन थाल्यो । जब सङ्ख्या बढ्छ तब समस्या सङ्गै बिकृति पनि बढ्न थाल्दछन ।
कोरोना अगाडि सम्म पनि माहोल ठिकै नै थियो जब कोरोना काल पछि बिभिन्न बाटो हुँदै धेरै जना एकैसाथ पोर्तुगल भित्रिय तब पहिला नसुनिएका कुरा हरु सुनिन थाले , देखिन थाले ।
कोठाभाडा र खाध्यान्न को मुल्य आकसिएको र बेरोजगारी अत्याधिक बढेको समयमा जो पोर्तुगल छिरे उनीहरुले कडा संघर्ष गर्नु पर्ने भयो । सबैको परिस्थिति र मनस्थिति एउटै थिएन । केही गर्न , कमाउन बिदेश छिरेको मान्छे सोचे जस्तो नभएपछि कोही डिप्रेसनको सिकार बन्न पुगे, कोही दुर्ब्यसनमा लाग्न थाले भने कतिको त सडकको बास समेत हुन पुग्यो । त्यही बेला youTube र TiKTok मा भाइरल हुन चाहने हरुले गतिलो मसला पाउन थाले । पोर्तुगल एस्तो , पोर्तुगल उस्तो भनेर धेरै अफवाह हरु फैलाउन थाले । सबै दलाल , सबै वकिल , सबै बिज्ञ बन्न थाले अनि लागिरहे पोर्तुगल लाई बदनाम गराउन केबल TikTok मा भाइरल बन्न अनि भ्युज बटुल्नको लागि । उनीहरुले यो बुझ्न सक्ने ल्याकत राख्दैनन कि म यही देशमा भबिष्य खोज्न यहाँ आएको छु , भोली कागज बनाउनु छ , परिवार सहित सेटल हुनु छ , यही देशलाई बदनाम गर्दा मेरो आफ्नो इज्जत के रहला ? पोर्तुगल मन नपरे फर्कन सकियो तर यहीँ बसेर यही माटोको बदनाम गर्नु कहाँ सम्मको बेईमानी होला अर्को कुरा पोर्तुगलले कसैलाई पनि बोलाएकै होइन , कसैलाई पनि भिषा दिएकै होइन । गैरकानुनी बाटो बाट ज्यान हत्केलामा राखेर जुन देशको शरणमा पुगियो त्यही देशले बस्ने कानुनी आधार दियो , सुन्दर भबिष्यको एउटा आशाको त्यान्द्रो देखाईदियो त्यही देशको धज्जी उडाउनु कती जायज होला ।
पोर्तुगल के हो र कस्तो देश हो भन्ने बुझ्नलाई पहिला युरोप लगाएत संसारका अरु देशलाई हेर्नु पर्ने हुन्छ ती देशको आप्रवाशन नीति बुझ्नु पर्ने हुन्छ । सरकारको संरचना, बिधमान कानुन अनि त्यहाँका सामाजिक, आर्थिक पाटा केलाउन सक्नु पर्ने हुन्छ । त्यहाँको कमाई , खर्च , हावापानी अनि सामाजिक जीवनको अध्ययन गर्नु पर्ने हुन्छ | सके दुई चार ओटा देश अध्ययन गर्ने हिसाबले घुम्नै पर्ने हुन्छ होइन भने कोठे अध्ययन नै सही केही ज्ञान बटुल्नै पर्ने हुन्छ ।
कुनै पनि देश , देशको आत्मसम्मान र राष्टृयता ठिक कि बेठिक भन्ने हुदै हुँदैन न एउटा देशको मौलिकतालाई अर्को देश सङ्ग दाँज्नु उचित काम हो । पोर्तुगल कुनै पनि हिसाबले महान देश हो । पोर्तुगलमा बसेको र पोर्तुगलले हामिलाई आश्रय दिएकोमा पोर्तुगल सरकार लाई धन्यबाद दिदै आभारी बन्न सिकौं ।