घुमघाम, एक सिकाइको अवसर मानौँ नेपाल घुम्न आएका कुनै पर्यटक काठमाडौ र पोखरा मात्रै फिरेरफर्किए भने, उसको नेपाल प्रतिको धारणा कस्तो रहला? निस्चय, उनकोनेपाल बुझाइ अधुरो, सतही र फितलो हुनेछ—नेपाली खाजा-सेट्बाट मासु रचिउरा मात्रै खाए जत्तिकै अधुरो र अपुरो।
कुनै पनि देशलाई थोरै बुझन भए पनि त्यहाँको भूगोल, समाज, र सांस्कृतिक पाटाहरुको जानकारी हुनुपर्छ; र यसको लागि शहरी-केन्द्र वा प्रमुख पर्यटकीय क्षेत्रहरूको मात्रै अवलोकन पर्याप्त हुंदैन। आजकोभुमण्डलिकरणको युगमा, पर्यटन प्रबर्दन र सेवाको नाममा धेरै क्षेत्रहरुलेआफ्नो मौलिकता गुमाइ सकेका छन। एकनासका बनिसकेका छन।यसैबिच पछिल्लो समय दिगो, मौलिक, र सन्तुलित पर्यटन प्रबर्द्धनकानिम्ति ग्रामीण पर्यटनको अबधारणा आएको हो।
घुमघाम गर्नु आनन्दमय र मनोरञ्जनात्मक क्रिया हो। त्यसैले हामिहरु हरबर्ष घुम्नका लागि कतै न कतै पुग्ने योजना बुनिरहेका हुन्छौं। कतै न कतैपुगिरहेका हुन्छौं। जिवनमा घुमफिर र भ्रमण को महत्व बारे हामी अझ बुझ्नेभएका छौँ। हुन त हरेक भ्रमण र यात्राका आफ्नै उदेश्यहरु हुन्छन। र मलाइलाग्छ, घुम्नुलाइ पुर्ण रुपमा मनोरञ्जन र रमाइलोमै सिमित राखियो भनेयात्राको पुर्ण उपभोग हुंदैन। के सांच्चै घुम्नु भनेको प्रसिद्ध स्थलहरुमारमाइलो गर्दै, आफू त्यहाँ पुगेको प्रमाणस्वरुप तस्बिर कैद गर्नु मात्रै हो? वाआफ्ना हितैसिहरुसंग एउटा संझन योग्य माहोल बनाउने संजोग मात्रै हो?
नया ठाउँ, परिबेश, संस्कृति, र मान्छेहरुसंगको साक्षतकारले हाम्रो यात्रामाबेग्लै आयम थपेको हुन्छ। यसरी घुम्न रमाइलोको साथै एउटा सिकाइकोअवसर पनि बन्न सक्दछ। यात्रा नयाँ ठाउँ हेर्ने र मान्छे भेट्ने मात्रै नभएरआफैलाइ बुझ्ने र आफ्नो बारे सिकने अवसर पनि बन्न सक्दछ। आफ्नोबुझाइ र जिबनको गति नै मोडिदिने अनुभवहरुको संगालो बन्न सक्छ यात्रा।त्यसैले कहिलेकाहीँ भिन्न पृष्ठभुमि र उमेरकाहरुसंग नयाँ ठाउँको भ्रमणलेअनुभबमा बेग्लै रंग भरिदिन्छ। अगस्त २०, आइतबार, “घुमघाम पोर्चुगल” द्वारा आयोजित एकदिने भ्रमणलेहामिलाइ Casal De São Simão गाउँ पुग्ने अवसर जुराइदियो। Casal De São Simão पुर्चुगलको मध्य क्षेत्रिय नगर लैरियामा (Leiria) रहेको सानोगाउँ हो। मनोरम प्रकृतिमाझ स्थानिय Quartzite चट्टानहरुको प्रयोग गरिपरम्परागत शैलीमा बनाइएका करिब २ दर्जन घर, तल खोंचमा Ribeira De Alge कन्चन पानी बोकेर सयर गरेको दृश्य परिकथामा वर्णन गरेका गाउँजस्तै लाग्यो। पोर्चुगलका विभिन्न स्थानहरूबाट गर्मी र शहरी दौड-धुप छल्नयहाँ पर्यटकहरू बाक्लै ओइरिंदारहेछन। काठबाट बनेका सिंडिहरुकोपथयात्राबाट डांडाबाट सुन्दर र मनोरम दृश्य देखिंदो रहेछ। बर्षौं पछि हरियोजंगल र पहाडि खोंचबिच बगेको कन्चन पानीमा पौंडिन पाउँदा बालपनमाबस्तुभाउ चराउंदै, घाँस-दाउरा गर्दै पौडिएका दिनहरु पुन ताजा गराइदियो।
रमाइलो कुरा त के लाग्यो भने, करिब २ दशक अघि जिर्ण र निर्जनबनिसकेका गाउँ, अहिले नयाँ जुनि मात्रै पाएका छैनन, एउटा पर्यटकियआकर्षण नै बन्न पुगेका छन। गाउंलाइ पुर्नस्थापना गरेको भएतापनि”Qartzite” चट्टान, काठ, माटाका टायल हरु प्रयोग गरि मौलिकताजोगाएका पाइयो। स्थानिय र यहांको परदेश सरकारको पर्यटन प्रबर्द्धनकोको झिनो प्रयास अहिले त्यहांको लागि संजिबनी साबित भएको छ। यसलेत्यहांको जैबिक बिबिधता संरक्षण पनि टेवा पुगेको छ। हामी प्रकृतिक रसांस्कृतिक रुपले धनी नेपालिले यश गाउंको रुपान्तरणबाट सिक्नु पर्ने थुप्रै पाठहरु छन।

यस पृथक, रोमाञ्चक, र सार्थक यात्राको अवसर जुराइदिएकोमा “घुमघामपुर्चुगल” टोलिलाइ हृदय देखि नै अभार ब्यक्त गर्न चहान्छु।
घुमघाम पोर्चुगलले साप्ताहिक पुर्चुगलका विभिन्न स्थानहरुको एक दिनेभ्रमण आयोजन गर्दछन। अगामि भ्रमणहरु बारे अपडेट रहनका निम्तिघुमघाम पुर्चुगलका सामाजिक संजालहरु(Facebook, TikTok) मा जोडिनुहोला। धन्यवाद !