रमेशराज वास्तोला
लिजवन पोर्चुगल
केही वर्ष अगाडी पोर्चुगलबाट हामी नेपाल गएका थियौ । त्यतिबेला जता सुकै राउटेहरुको समाचार आउथ्यो । राउटेहरु लाई मन्त्रीले भेटे । राउटे ले ठेकी दिए । राउटेका मुखिखया ऐनबहादुर साहीले जनताले दुख पाए, पैसा चाहियो, खुसी चाहियो भन्दै काठमाडांैको नेता र मन्त्रीसँग भेट गरे । फोटो खिचाए । पढ्दा सुन्दा रमाइलै लाग्यो ।
राउटेको समाचारहरु अनी राउटेको जीवनशैली, अनि अहिले केही समयदेखि फेसबुक, टिकटक लगायत विभिन्न सामाजिक सञ्जालमा देख्दा नेपालमा एक पटक राउटे बस्तीमा जाने मन भयो । मैले राउटेलाई नजिकैबाट नियालेको थिएन । मेरो सुर्खेतका साथी १० औ वर्षदेखि विदेश छन् । हाल पोर्चुगलमा बस्छन् । उनी सँग मैले नेपाल जाँदा राउटे वस्तीमा जाने कुरा गरे ।
अनि ति साथीले भने । दाई राउटेहरु भेट्न जाउँ । राउटेहरुको जीवनशैली बुझ्न तपाई नेपालै जानु पर्दछ र । यतै पनि भेटीन्छन् । उनले भने, म झन् अचम्म माने । हैन युरोप तिर पनि ?
कसरी, कहाँ । मैले सोधे । ऊले थपे । हेर्नुहोस् राउटे । जंगल छेउमा बस्दछन् । बसाईसराई गर्दछन् । छाप्रोमा बस्दछन् । गुनाबादर, गिठ्ठा भ्याकुर खान्छन् । वन जंगल चाहारेर ऊनीहरु काठका सामग्री बनाएर बेच्ने गर्दछन् । तिनीहरुको जीवन यापन यसरी नै चलेको छ । अहिले त झन् राउटेलाई सरकारले भत्ता दिन्छ । देश विदेशबाट भत्ता आउँछ ।
अनि युट्युवे, टिकटके अनि केही कलाकारहरु पनि बेलाबखत गएर सहयोग गर्छन् । राउटेले तेहा माया ममता स्नेह पाएका छन् ।
अर्कोकुरा राउटेले जहाँ बस्छौ भनेर निर्णय गरे, तेहा ऊनीहरु निर्धक्क बस्न पाउँछन् । तेहा कसैले ऊनीहरु विरुद्द प्रहरीलाई ऊजुरी गरे पनि साइरन बजाउदै कहिल्यै प्रहरी आउँदैन ।
अनि विहान ४ वजे होस् कि राती २ बजे होस् । ऊनीहरुले प्रेसरकुकरमा खाना पकाउन । या गुन्द्रुकको बासनादार झोल बनाउन् । त्यहाँ ऊनीहरु स्वतन्त्र छन् । तर ति राऊटे भन्दा बढी पीडा युरोपका हामी जस्ता राउटेलाई छ ।
जब मेरो साथीले यो कुरा भने । मलाई झन् कौतुहलता जाग्यो । मैले भने तिमीले भन्न खोजेको के ?
ऊनले भने दाई वास्तविक राउटे त हामी पो हो ।
मैले पुनः सोझे, कसरी ? अब मेरो साथीले हामी पो राउटे यसरी हो भन्न थाले । हेर दाई जब एसएलसी दिन गाउँबाट सहर आयौ । त्यो दिनदेखि म आफूलाई राउटे सम्झन्छु । गाउँबाट झोला झाम्टा बोकेर एसएलसी दिन सदरमुकाम आयौं ।
एक किसीमले अस्थायी बसाई सराई सरेर आउँछौं । जब सदरमुकाम आइन्छ । त्यहाँको माहोल, अनी बसाई भिन्न थियो । एसएलसी दिए । त्यसपछि म पुनः घर गए । अब एसएलसी पास पछिको लागी भनेर म साथीको लहै लहै मा सुर्खेतबाट दाङ्ग गए ब्रीज कोर्षका लागि ।
मलाई त्यहाँ फेरि नयाँ ठाउँ, नया परिवेश लाग्यो । यो वर्ष नै घर छाडेको, डेरा सरेको २ पटक भयो । म दाङ आए । दाङ आएपछि केही समय ब्रीज कोर्ष पढियो अनि एसएलसी रिजल्ट आयो । प्रथम श्रेणी मा पास भईयो । खुसी लाग्यो ।
म पर्यटन क्षेत्र मा काम गर्न चाहन्थे , मलाई प्युठानको एक साथीले पोखरा लेकसाईड मा काम पनि गर्न पाइने, अनि पिएन क्याम्पसमा पढ्न पनि मिल्ने गरि अवसर जुटाइदिए ।
म लोक गित प्रेमी, पिएन क्याम्पस आऊँ, बस मायालु गरौ टाइम पास भन्ने लोक गित खुब सुन्थे । झन् पिएनमा पढ्न पाउने अवसर अनि लेकसाईडमा काम गर्ने अवसर मेरो लागी बडो खुसीको कुरा हो ।
म अब दाङबाट पोखराको बगरमा कोठा सरँे । पिएन क्याम्पसमा भर्ना भएँ । सँगै बगरबाट लेकसाइडमा काम गर्न जान थाले । लेकसाईडको मायापप भन्ने रेष्टुरेन्टमा २५०० रुपैयाँ मासिकमा वेटरको हेल्पर काम सुरु गरेँ ।
अब राति अबेला हुने, राती बस नपाइने कारण म लेकसाईडको जरेवर सरे । एकै वर्षमा म ४।४ पटक डेरा सरे । २ वर्ष मा ९ स्थानमा डेरा सर्नुप¥यो ।
जशजोड २ पास सँगै काठमाडौंमा बिएडका लागी आए । ठमेलमा एक रेस्टुरेन्टमा कामको अवसर पाए, तर बसाई भयो बागबजार । काठमाडांै आएको ४र६ महिना मा म २ ठाउँ सरिसके ।
विदेस जाने हुटहुटी लाग्यो । कन्सल्टेनीले भन्यो कि डेनमार्कमा जाऊ । त्यहाँ घन्टाको नेपाली २ हजार भन्दा बढी कमाई हुन्छ । दिनको १२ घन्टा काम गर्दा २४ हजार कमाइ हुन्छ । कन्सल्टेन्सीको कुराले म मख्खै परेँ ।
डेनमार्कको कोल्डीङ्ग भन्नेमा भिसा अप्लाई गरे । १४ लाख दिएपछि भिसा लाग्यो । दैनिक २४ हजार कमाउन पाइन्छ भने यो १४ लाख त म ४र६ महिना मा तिर्ने छु भनेर १०० कडा २ को व्याजको दरले ऋण काढेर डेनमार्क अप्लाई गरियो ।
भदौ पहिलो हप्ता कोपन हेगन उत्रियो । त्यहाँ सेताम्मे हिउँ थियो । कोपनहेगनबाट धेरै टाढा रहेछ कोल्डीङ्ग । कामको अवसर त अति न्युन थियो । कोठा भाडा महंगो । क्रोनरमा तिर्नु पर्ने, नेपालीमा कन्भर्ट गर्दा त सिरीङ्ग नै हुने । काम पाइने कोपनहेगन, पढाई चै कोल्डिीङ्ग ।
अब कोल्डीङ्ग आएको १ महिनामै फेरि बसाई सराई कोपन हेगन भयो । एक दिन कुकरमा सिटी लगाएर भात पकाएको त उपल्लो तल्लाकोले प्रहरीलाई खबर गरेछ । आफूलाई झन्डै फसाद, प्रहरी आयो ।
अर्को दिन गुन्द्रुक झानेर हरहर वास्नादार वनाएको त वरिपरि बस्नेले के गन्हायो भनेर घरभेटीलाई कम्पेलेन गरेछन् । घरभेटीले अब चै यो नपकाउ भनेर एक पटक लाई त माफ गरिदिए ।
तर आफूलाई मन पर्ने खाने कुरा ऊनीहरुलाई गन्हायो । अब डेनमार्कमा कमाई देखीन । किन भने एक्लो विद्यार्थीलाई अति गाह्रो रहेछ त्यहाँ । पैसा कमाउन नसके पनि पोर्चुगल गएर कार्ड बनाउने सुरमामा पोर्चुगल हानियो ।
पोर्चुगल आएको यो वर्ष त ठाउँ मात्र होइन । बसाई सराई तीन देशमा पो भयो । नेपाल, डेनमार्क, पोर्चुगल । अब पोर्चुगलको लिजवन मा २।४ दिन बसेपछि साथीले ओदिमेरा भन्ने ठाउँ बोलायो ।
ओदिमेरा पञ्जाबीको मा १०।१२ दिन काम गरेँ । त्यहा एकै कोठामा ६।६ जना सुत्ने । न बोली मिठो छ, न कोठा सफा छ । त्यहाँ आत्तिएको म । एक जना म्याग्देली साथीले बोलाएर सान्तोआन्तोनीयो गएँ । त्यहाँ कृषिमा काम पाएँ ।
कृषिको काम सिजनेबल हुँदो रहेछ । कहिले फारो, कहिले बेजा, कहिलेकाहीँ त ठिक विपरित दिसा पोर्तो पनि लाने । विगत केही वर्ष पोर्चुगलको अनुभव र बसाई र कामले गर्दा कुनै वर्ष ४र४ चोटी बसाई सराई गरियो ।
एकै कोठा मा ४र६ जना पनि बसियो । अब फेरि भाषा पढ्नको लागि म लिजवन आएको छु, भाषा पढ्छु । अनि पासपोर्ट लिएपछि म नर्वे या हल्यान्ड जाने विचारमा छु । म पोर्चुगलमा खेतीमा कामको सिलसिलामा धेरै ठाउँमा सरेँ, जहा सरे पनि भाडा दिनु पर्दंछ । यहा स्वतन्त्रता छैन ।
अब पासपोर्ट पाएपछि अर्को देश जान्छु । त्यहाँ मैले चाहेको ठाउँ, मैले रोजेको ठाउँमा बस्न पाउँदिन । जो नेपालमा राउटेहरु बस्दछन् । बरु नेपालको राउटेहरु वर्षमा मुस्किलले २।३ ठाउँमा सर्लान तर हामी त बिरानो मुलुकमा ।
काम र अवसरका लागि सिजनै पिच्छे सरेको सरै गर्नुपर्दछ । नेपालमा त राउटे एक जिल्लाबाट अर्कोमा सर्दछन् । सरकारले उनीहरुलाई भत्ता दिएको छ । उनीहरु सम्मानीत छन् । ऊनीहरु स्नतन्त्र छन् । तर हामी विदेशमा छांै । यहा हरेक कुराले बााँधेको छ ।
अनि कहिले कहाँ, कहिले कहाँ सरिराख्नु पर्दछ । तेसैले वास्तविक रायटे हामी हौं । उनले लामो सास फेर्दै भने । उनले यो भन्दै गर्दा म पनि सोच मग्न भएँ । मन मनै सोचे । होत खास राउटे त हामी पो हो । म पनि एसएलसी देखि आजसम्म ३१ स्थान मा सरेछु । अझ कति सर्न पर्ने हो । अनि वरिपरि साथी भाई सम्झे । विगत ५ महिनामा मेरो साथी ठाकुरे ३ ठाउँमा सर्यो । १ ठाउँमा त कुकरको सिटीको त्लो प्लाईटमा बस्ने लाई डिस्र्टव भयो भनेर घरबाट निस्कन भनेछ । अनि अर्को साथी विवेक पनि ३ महिनामा २ ठाउँमा सर्यो । कारण एकै अपार्टमा ७र८ जना बसे भनेर घरभेटी ले अन्तै वस्न भनेछ ।
अब रामु पनि फेरि बसाई सराई गर्दैछ । ऊ पासपोर्ट लिए लक्जेम्वर जादँै छ । नेपालको सोलु हुँदै काठमाडौं हुदै स्वीस,नर्वे बस्दै पोर्चुगल आएको दावा जि पासपोर्ट लिए अब उनी अर्कै देस जाने सोचमा छन् ।
मन मनै मैले पनि महसुस गरे साच्चै राउटे त हामी पो रहेछौ ।
मेरो मित्रले भनेको कुरा । दाई राउटे त हामी पो हो ।
यो कुरा मनमा गडिरह्यो । अव म राउटे बस्तीमा राउटे भेट गर्ने रहर मरेर आयो । किनकि ती राउटे भन्दा त झन् हामी पो झनै राउटे रहेछौं ।
जय होस् ।