काठमाडौं। अब विदेश भ्रमणमा जानेले कर तिर्नुपर्ने भएको छ । सरकारले बजेटमा विदेश घुम्न जानेले ५ प्रतिशत कर तिर्नुपर्ने घोषणा गरेको थियो । उक्त ब्यबस्था कार्यन्वयन सरकारले कार्यबिधि बनाइसकेको छ । आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि बनाएको हो । सरकारले आर्थिक ऐन २०८० को दफा २२ मा विदेश भ्रमणमा जाने नेपालीले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने ब्यबस्था गरिएको छ ।कार्यबिधि लागु भए सङै विदेश जाने नेपालिले भ्रमणको प्याकेज बिक्रेतालाइ शुल्क बुझाउनुपर्छ ।
त्यो शुल्क प्याकेज बिक्रेताले करदाता सेवा कार्यालय, आन्तरिक राजस्व कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र ठूला करदाता कार्यलयमा महिनाको अन्तिम हप्तामा बुझाउनुपर्छ । तोकिएको समयभित्र शुल्क दाखिल नगरेमा वार्षिक २.५ प्रतिशतका दरले हुन आउने थप रकम र १५ प्रतिशत ब्याज लाग्ने ब्यबस्था गरिएको छ ।